सजिलो छोडेर अफ्ठ्यारो बाटो रोजेँ: कांग्रेस सभापति थापा
काठमाडाैं | माघ १०, २०८२
तस्बिर फाइल
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ।
सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गर्नुभयो।
सभापति थापाले यसअघि तीन पटक चुनाव जितिसक्नुभएको थियो । काठमाडौं–४ मा आफ्नो उम्मेदवारी घोषणा नहुँदासम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार खोज्न नसकेको उहाँको भनाइ छ ।
‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार नै खोज्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘मैले काठमाडौँमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।’
उहाँले आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौँका मतदाता स्तब्ध बनेको दाबी गर्नुभयो। यस सन्दर्भमा उहाँले काठमाडौँका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्नुभयो।
‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।’
कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा पुग्नुभएको छ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

